२०८३ साउन ९ शनिबार

लोमसको ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर अब ५ सय एमएलको बोतलमा पनि

ई आर्थिक    शुक्रबार, बैशाख २६ २०७७
5.5K
Shares
लोमसको ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर अब ५ सय एमएलको बोतलमा पनि

ई-आर्थिक, काठमाडौं । औषधि उत्पादक कम्पनी लोमस फार्मास्युस्टिकलले ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरी बजारमा ल्याएको छ ।

विगत तीन दशकदेखि औषधि उत्पादन गर्दै आएको लोमसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन प्रयोग गरिने स्यानिटाइजर स्वदेशमा नै उत्पादन गर्ने उद्देश्यले उत्पादन थालेको जनाएको छ ।

सुरुमा कम्पनीले १ सय एमएलको बोतलमा स्यानिटाइजर बजारमा ल्याएको थियो । उपभोक्ताको सन्तुष्टि र बजारको बढ्दो मागलाई ध्यानमा राखेर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरेर बजारमा पठाइएको कम्पनीका प्रवन्धक प्रनबजंग पाण्डेले जानकारी दिए । उनले ह्यान्ड स्यानिटाइजर नेपाल सरकारको अनुमति तथा विश्वस्तरीय मापदण्डअ्नुसार उत्पादन गरिएको समेत बताए ।

५ सय एमएलको बोतलको स्यानिटाइजरको बजार मुल्य पाँच सय पन्ध्र रुपैया पर्नेछ । बजारमा यो स्यानिटाइजर सबै औषधि पसल तथा डिपार्टमेन्टल स्टोरहरुमा पाइने जानकारी पाण्डे दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij