२०८३ साउन ९ शनिबार

बलिउड अभिनेता इरफान खानको निधन

ई आर्थिक    बुधबार, बैशाख १७ २०७७
11.8K
Shares
बलिउड अभिनेता इरफान खानको निधन

ई-आर्थिक, काठमाडौं। बलिउड अभिनेता इरफान खानको निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको ५४ वर्षको उमेरमा निधन भएको भारतीय संचारमाध्यमले जनाएको छ ।

उनको स्वास्थ्य अचानक बिग्रिएपछि मंगलबार उनलाई कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनलाई ‘कोलन इन्फेक्सन’ भएको भन्दै अस्पतालमा राखिएको थियो ।

सन् २०१८मा अभिनेता इरफानलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको पत्ता लागेको थियो । गत वर्ष खान गम्भिर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए । गत वर्ष उनले एउटै मात्र फिल्म ‘अंग्रेजी मिडियम’ मा काम गरेका थिए ।

सो फिल्ममा काम गर्दा पनि उनको अवस्था ठीक थिएन । सो चलचित्र रिलिज हुन अगावै उनले आफ्ना फ्यानकालागि एक भिडियो मेसेज छोड्दै भनेका थिए,’कसैसँग सकरात्मक हुन बाहेक अन्य कुनै विकल्प छैन । हामीले यस्तै किसिमको सकरात्मकता यस चलचित्रका माध्यमबाट दिन कोशिश गरेका छौँ । मलाई आशा छ कि यस चलचित्रले तपाईँहरुलाई समान मात्रामा हँसाउनका साथै रुवाउने पनि छ ।’

खानकी आमा सईदा बेगमको पनि ९५ वर्षको उमेरमा हालै मात्र निधन भएको थियो । लकडाउनको कारण इरफान आफ्नी आमाको अन्तिम यात्रामा पनि उपस्थित हुन सकेका थिएनन् । उनले भिडियो कलमार्फत आमाप्रति श्रद्धान्जली प्रकट गरेका थिए ।

इरफान आफ्नो अभिनय र पृथक चलचित्र चयनका लागि चर्चित छन् । उनका चर्चित चलचित्र मध्य स्लमडग मिलनेयर,पिकु,लाइफ अफ पाई, जुरासिक वल्र्ड, तलवार, मगबुल, हेदर, हिन्दि मिडियम, सलाम बम्बे, पान सिंह तोमर, द लन्चबक्स, गुन्डे, तुल्सी लगायत फिल्ममा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij