२०८३ साउन ११ सोमबार

वैशाख २५ गतेसम्म लम्बियो लकडाउन

ई आर्थिक    आइतबार, बैशाख १४ २०७७
7K
Shares
वैशाख २५ गतेसम्म लम्बियो लकडाउन

ई-आर्थिक, काठमाडौं। सरकारले लकडाउनको समय अबधि वैशाख २५ गतेसम्म लम्बाएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन १० दिन लम्ब्याउने निर्णय गरेको हो ।

नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो । त्यसयता चारपटक लकडाउन बढाइएको छ । पछिल्लो पटक थपिएको लडाउन १५ वैशाखसम्म थियो । सरकारले लकडाउनको समयसीमा थप गरेको यो चौथो पटक हो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो। त्यसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij