२०८३ साउन ९ शनिबार

औषधी खरिद गर्न जान गाह्रो भइरहेको छ ? मेगा बैंकले विशेष छुटमै घरमै औषधी पु¥याइदिने व्यवस्था मिलायो

ई आर्थिक    बुधबार, बैशाख १० २०७७
11.9K
Shares
औषधी खरिद गर्न जान गाह्रो भइरहेको छ ? मेगा बैंकले विशेष छुटमै घरमै औषधी पु¥याइदिने व्यवस्था मिलायो

ई–आर्थिक, काठमाडौं । के तपाईलाई लकडाउनको बेला औषधी खरिद गर्न जान गाह्रो भइरहेको छ ? यदी छ भने मेगा बैंकले विशेष छुटमै घरमै औषधी पु¥याइदिने व्यवस्था मिलाएको छ । बैंकले केन फार्मेसीसँगको संझौतासँगै घरमै बसेर विशेष छुटमा औषधिहरु खरिद गर्न सकिने भएको हो । देशव्यापी लकडाउनको विषम परिस्थितिमा पनि बिभिन्न सेवा–सुविधा प्रदान गर्दै आएका मेगा बैंकले ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै केन फार्मेसीसँग घरमै औषधी पु¥याउने व्यवस्था मिलाएको हो ।

औषधि खरिदमा मेगा बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने सहमति समेत भएको छ । मेगा बैंकका ग्राहकहरुले काठमाडौंको तिनकुनेस्थित केन फार्मेसीको ०१–४१०६८६०, ९८४९०९८०० मा फोन गरी वा केनको आधिकारिक फेसबुक पेजमा सन्देश पठाएर आफूलाई आवश्यक औषधि खरिद गर्न सक्नेछन् ।

कोरोनाभाइरसका कारण जारी देशव्यापी लकडाउनका कारण औषधि खरिद गर्न अप्ठेरो भइरहेको वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै केन फार्मेसीसँग यो सम्झौता गरेको मेगा बैंकले जनाएको छ । घरमै बसेर बिना झन्झट औषधि खरिद गर्ने सुविधा उपभोग गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।

यसका साथै, मेगा बैंकले लकडाउनमा पनि देशव्यापी एटिम नेटवर्क, डिजिटल तथा अनलाइन बैंकिङ सेवाका साथै नगद काउन्टर, रेमिट्यान्स, एलसी ग्यारेन्टी सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij