२०८३ साउन ११ सोमबार

कोरोनाले गाँज्यो उदयपुर, महामारीको संभावना

ई आर्थिक    मंगलबार, बैशाख ९ २०७७
17.1K
Shares
कोरोनाले गाँज्यो उदयपुर, महामारीको संभावना

उदयपुरमा मात्रै २४ जना संक्रमित, देशभर कोरोना संक्रमितको संख्या ४२ पुग्यो

ई–आर्थिक, काठमाडौं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । कोरोना भाइरस संक्रमणको शंका गरिएका मध्ये थप ८ जनाको नतिजा शंकास्पद देखिएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो ।

उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केका मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेकाहरू ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

त्यस्तै परीक्षण गरिएका मध्ये ८ जना संक्रमित रहेको उक्त अस्पतालले पनि पुष्टि गरेको छ । स्थानीय चिकित्सकले कोरोना संक्रमित पुष्टिसँगै सरकारी स्रोतले समेत उक्त संक्रमितको संख्या पुष्टि गरेको छ ।

मंगलबार मात्रै काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

सोही दिन थप पुष्टि भएका संक्रमितहरू मध्ये १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी ३६ वर्षीय महिला र १ जना उमेर नखुलेको महिला रहेकी मन्त्रालयले जानकारी दिएको छ । यसअघि बैशाख ५ गते सोही ठाउँका १२ जना ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षकालाई कोरोना रहेको पुष्टि गरेको थियो । भोलीपल्ट ६ गते ६५ वर्षीय थप एक जनामा कोरोना संक्रमणको पुष्टि गरेको थियो । यो सँगै उदयपुरमा मात्रै संक्रमितको संख्या २४ पुगेको छ ।

पछिल्लो पटक देखिएको उनीहरुसँगै नेपालमा संक्रमितको संख्या ४२ पुगेको छ ।

हालसम्म नेपालकै सबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित जिल्ला उदयपुर भएको छ । उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २४ पुगेको छ । अहिले उदयपुरलाई कोरोनाको संक्रमणले गाँजेको छ । त्यहाँ महामारीको संभावना बढिरहेको छ ।

नेपाल भारत सीमामा बढी ओहोर दोहोर सजिलै गर्न सकिने जिल्ला मध्येको एक भएकाले पनि उदयपुर जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।
स्थानीय बुद्धिजीवी र समाजसेवीहरुले उदयपुरमा उच्च सतर्कताका साथ घरमा बस्न आव्हान गर्दै आएका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले समेत अन्य दिनको तुलनामा कडाई गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij