ई–आर्थिक, काठमाडौं । चितवनमा दुई जनामा काेराेना भाइरस संक्रमणकाे आशंका गरिएकाे छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दुई जनाको नमूना शंकास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
तर थप पुष्टिका लागि दुई जनाकै स्वावलाई थप स्पष्ट पार्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ । बिहीबार दुई पटकसम्म परीक्षण गर्दा पनि उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ देखिएको उच्च स्रोतले बतायो । उनीहरु पूर्वीचितवनका रहेको बताईएको छ । उनीहरु गत चैतमा विदेशबाट आएका थिए ।