२०८३ साउन १२ मंगलबार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको फेसबुक पेज नै डिलिट, यस्तो छ कारण

ई आर्थिक    शुक्रबार, चैत्र २८ २०७६
8.4K
Shares
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको फेसबुक पेज नै डिलिट, यस्तो छ कारण

ई आर्थिक, काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक फेसबुक पेज डिलिट भएको छ ।

लकडाउनका कारण काठमाडौंमा फसेका सर्वसाधारणलाई विभिन्न ठाउँसम्म पुर्‍याउन बाटो खोल्ने निर्णय सार्वजनिक गरिएको कुरा एकाएक विवादमा तानिएपछि उक्त पेज डिलिट भएको हो ।

काठमाडौं उपत्यकाबाट शुक्रबार र शनिबार बाहिरी जिल्ला जान आवागमन खोल्ने सुचना गरिएको विषय सार्वजनिक गरिएको थियो। उक्त पेजमा भनिएको थियो, ‘लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिरिन खोज्नु भएका बासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरीय समितिको बैठकले भोलि र पर्सि काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ।’

उक्त पेजमा राखेको यस सूचनालाई आधार मानेर सञ्चारमाध्यमले समाचार तयार पारे। विरोध बढ्न थालेपछि कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लकडाउनमा त्यस्तो निर्णय हुनै नसक्ने दाबीसहित आफ्नो फेसबुक पेजमा स्टाटस् राखे। त्यस्पछी सञ्चार माध्यमले सोही पेजको सूचना स्क्रीनसट सार्वजनिक गरेका थिए ।

पोखरलेको स्टाटस आउनसाथ उक्त फेसबुक पेजमा अपडेट सहितको सूचना राखिएको थियो, ‘स्थानीय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएकाले भोलि र पर्सि काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ।’

यसरी पेजको सूचना सच्याइएको थियो । स्थानीय तह र प्रदेश सरकारले नमान्ने भए पछि निर्णय सच्याइएको पेजको अपडेट सूचनामा भनिएको थियो । तर अहिले उक्त पेज नै डिलिट भएको छ। सरकारको गलत निर्णयले जनताले दुःख पाएको भन्दै चौतर्फी आलोचना भएपछि उक्त पेज डिलिट भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij