ई आर्थिक, काठमाडौं। नेपाल टेलिकमले लकडाउन अवधिभरका लागि इन्टरनेट र ल्यान्डलाइनका ग्राहकका लागि सहुलियत अफर ल्याएको छ।कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नका लागि नेपाल सरकारले लकडाउन गरेपछि टेलिकमले ग्राहकको सुविधाका लागी उक्त सुविधा ल्याएको जनाएको छ।
टेलिकमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चैत ११ देखि १८ कोबीचमा कुनै पनि एडीएसएल तथा एफटीटीएचका ग्राहकको बिलिङ समय पूरा भएर पैसा नतिरेकै कारण लाइन काटिने छैन। जति दिन बाँकी भएपनि समय थप गरिदिने कम्पनीले प्रतिबद्धतता जनाएको छ। यो बीचमा कुनै पनि ग्राहकको पैसा तिर्ने मिति गुज्रिएपछि पनि इन्टरनेट निरन्तर हुने छ।
त्यस्तै ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना मिनाह हुने भएको छ। यदि कोही ग्राहकको चैत १२ गते महसुल बुझाउने अन्तिम मिती भएमा १८ गतेसम्म भुक्तानी नगरेपनि जरिबाना नलाग्ने भएको छ।