ई आर्थिक, पोखरा । विश्वव्यापी रुपमा संक्रमण फैलिइरहेको कोरोना भाइरस (कोभिड १९)लाई प्रभु यशुले ठिक पार्नुहुन्छ भन्दै भ्रम फैलाउँनेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जुम्ला घर भइ हाल पोखरा महानगरपालिका वडा नं। ३२ खुदी सुकुम्वासी टोल बस्ने पास्टर केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।आचार्यलाई धर्मका नाममा अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं। २९ पावरहाउसमा रहेको प्रशान्त कटनी मण्डलीमा मानिसहरु जम्मा पारेर आचार्यले यो माहामारीलाई प्रभु यशुले सबैको अगाडि घुडा टेकाउनुहुन्छ, कोरोना भाइरस प्रभु यशुले ठिक पार्नुहुन्छ, प्रभुको विश्वास ग¥यो भने कोरोना मात्र नभई जस्तोसुकै महामारीले छुन सक्दैन जस्ता भ्रामक अफवाह फैलाइएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
माहामारीबाट उत्पन्न विवतको लाभ लिई झुठ्ठा, भ्रमपूर्ण अभिव्यक्तिको भिडियो बनाई युटुव तथा सामाजिक सञ्जालमा समेत सार्वजनिक गरि धर्म प्रचार प्रसार गरेकाले आचार्यलाई पक्राउ गरी कानुनी कारवाहीमा मुद्दा चलाउने तयारी भइरहेको छ । ।