२०८३ साउन ९ शनिबार

सञ्चय कोषले आर्थिक कारोवार बन्द गर्ने

ई आर्थिक    सोमबार, चैत्र १० २०७६
4.6K
Shares
सञ्चय कोषले आर्थिक कारोवार बन्द गर्ने

ई आर्थिक, काठमाडौं। कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाले यही चैत २१ गतेसम्मका लागि सम्पूर्ण सञ्चयकर्तामार्फत हुने कर्जा प्रवाह र बचत सङ्कलन (आर्थिक कारोवार) बन्द गर्ने भएको छ ।

कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक कारोवार बन्द गर्ने निर्णय भएको शाखाका प्रतिनिधि रामेश्वर श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

शाखाले प्रेस विज्ञप्ति जारी गरी अत्यावश्यक सेवा भने यथावत् राख्दै सञ्चयकर्तालाई भाइरसविरुद्ध उच्च सतर्कता अपनाउन आह्वानसमेत गरेको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij