२०८३ साउन ९ शनिबार

प्रभु बैंकले रत्नपार्क–बागबजारमा ट्राफिक आइल्याण्ड र हरियाली बगैंचा र फाउण्टेन निर्माण गरिदिने

ई आर्थिक    बिहिबार, चैत्र ६ २०७६
7.4K
Shares
प्रभु बैंकले रत्नपार्क–बागबजारमा ट्राफिक आइल्याण्ड र हरियाली बगैंचा र फाउण्टेन निर्माण गरिदिने

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौं महानगरपालिका बिच एक संझौता सम्पन्न भएको छ । सो संझौता अनुसार काठमाडौं महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजार स्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड र तिनधारा सस्कृत पाठाशाला अगाडीको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने÷रेखदेख गर्ने सो को संचालन तथा शहरी सौन्र्दयीकरण कामका लागि सम्मmौता सम्पन्न भएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यको उपस्थितिमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाण्डौ महानगरपालिकाका तर्फबाट सहसचिब राजेश्वर ज्ञवालीले उक्त सम्झौता पत्रमा दिन एक समारोहका बिच हस्ताक्षर सम्पन्न भएको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त कार्य गर्न लागेको बैंकले जानकारी दिएको छ ।

नेपालभर २०८ शाखा सञ्जाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखा रहित बैंकिङ्ग सेवा तथा १५८ एटिएम आउटलेट रहेको प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा उल्लेख्य योगदानका साथै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक र विश्वसनीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij