२०८३ साउन ९ शनिबार

स्पेनका प्रधानमन्त्रीपत्‍नी सहित दुई मन्त्रीलाई समेत कोरोना भाइरसको संक्रमण, यो घटना पछि युरोप थप आतंकित

ई आर्थिक    आइतबार, चैत्र २ २०७६
5.7K
Shares
स्पेनका प्रधानमन्त्रीपत्‍नी सहित दुई मन्त्रीलाई समेत कोरोना भाइरसको संक्रमण, यो घटना पछि युरोप थप आतंकित

ई–आर्थिक, काठमाडौं । विश्वका विशिष्ट व्यक्तिहरुमा पनि धमाधम कोरोनाको संक्रमण देखा परिरहेको छ । यसैक्रममा स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

त्यहाँको सरकारले सार्वजनिक गरेको रिपोर्टका अनुसार स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरस फेला परेको हो । कोरोना भाइरस देखिए पनि उनी खतरामुक्त रहेका अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् ।

स्पेनिस सराकारले मन्त्रिपपरिषद्का सबै सदस्यको स्वास्थ्य परीक्षण गराएको थियो । त्यसक्रममा दुई मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियासमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।

इटालीपछि स्पेन कोरोना भाइरसले संक्रमित दोस्रो ठूलो युरोपियन मुलुक हो । स्पेनमा कोरोना भाइरस संक्रमणबाट शनिबार साँझसम्म १०० जनाको मृत्यु भइसकेको छ । त्यस्तै ५ हजार ७ सय व्यक्ति संक्रमित भएको स्पेनिस सञ्‍चारमाध्यमहरुले जानकारी दिएका छन् ।

यो संक्रकणको घटनासँगै युरोपसँगै विश्व आतंकित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij