२०८३ साउन ११ सोमबार

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

ई आर्थिक    बुधबार, फाल्गुन २१ २०७६
8.7K
Shares
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । बुधबार महारागजञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकले उनको पाँच सय एमएल पिसाब पनि निकालेको जनाएका छन् । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ । ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् ।

उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछन् ।

ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij