२०८३ साउन १० आइतबार

चेम्बरका अध्यक्ष श्रेष्ठ र तान्जानियाका राजदूत लुभान्डा बीच भेटघाट, दुई मुलुक बीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाइने

ई आर्थिक    बुधबार, फाल्गुन २१ २०७६
7.2K
Shares
चेम्बरका अध्यक्ष श्रेष्ठ र तान्जानियाका राजदूत लुभान्डा बीच भेटघाट, दुई मुलुक बीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाइने

ई–आर्थिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र तान्जानियाका राजदूत लुभान्डा बीच चेम्बर अफ कमर्समा भेटघाट भएको छ । नेपाल र तान्जानिया बीच सन् १९७५ को जनवरीमा कूटनीतिक सम्बन्ध कायम भएको हो । त्यस यता नै बहुपक्षीय फोरमहरूमा नेपाल र तान्जानियाले एकअर्कालाई सहयोग गर्दै आइरहेको छ । नेपाल जस्तै तान्जानिया पनि असंलग्न आन्दोलनको सदस्य राष्ट्रमा पर्छ । नेपाल र तान्जानिया संयुक्त राष्ट्रसंघको सशक्त सदस्य हो ।

यस भेटघाटमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र तान्जानिया भोगोलिक रुपले टाढा भएपनि व्यापारको माध्मबाट निकट राख्न सकिने बताउनु भयो । उहाँले विभिन्न व्यापार मेलामा द्विपक्षीयको सहभागिता व्यापार प्रतिनिधि मण्डलको भ्रमण र हवाई सम्पर्कले दुई मुलुक बीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउने जानकारी दिनुभयो ।

नेपाल र तान्जानिया दुवै कृषिजन्य पर्यटकीय मुलुक भएकोले तान्जानियाका राजदूतले तान्जानियाको आर्थिक संभाव्यता बारे बताउनु भयो । उहाँले तान्जानिया चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीजसँग द्विपक्षीय व्यापार लगानी प्रवद्र्धन गर्न समझदारी पत्र कायम गर्न सुझाव दिनु भयो । अहिले तान्जानियाले भारतको मुम्बईबीच प्रत्यक्ष हवाई सम्पर्क कायम भएकोले तान्जानिया र नेपाल बीच व्यापार गर्न संभव रहेको र तान्जानिया वन्यजन्तु आरक्षण स्थल रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij