२०८३ साउन ९ शनिबार

कतारमा कोरोना भाइरस देखिएपछि नेपालमा चिन्ता, नेपालीहरुलाई सचेत रहन दूतावासको अपील

ई आर्थिक    शनिबार, फाल्गुन १७ २०७६
14.6K
Shares
कतारमा कोरोना भाइरस देखिएपछि नेपालमा चिन्ता, नेपालीहरुलाई सचेत रहन दूतावासको अपील

ई–आर्थिक, काठमाडौं । लाखौं नेपाली रहेको खाडी मुलुक कतारमा पनि कोरोना भाइरसको संक्रमण देखिए पछि नेपालमा चिन्ता बढेको छ । कतारमा नेपालबाट लाखौं नेपाली कामदार कार्यरत रहेकाले पनि नेपालमा चिन्ता बढेको हो ।

कतारमा कोरोना संक्रमित फेला परेपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सचेत रहन अनुरोध गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालीहरुलाई सचेत रहन र सम्पर्कमा रहिरहन भनेको छ । दुताबासको विज्ञप्तीमा सचेतना अपनाउनु पर्ने विभिन्न बुँदाहरुसमेत समावेश गरिएको छ ।

कतारमा एकजना कोरोना भाइरसबाट संक्रमित भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार इरानबाट उद्धार गरि ल्याईएका यात्रु मध्ये एक ३६ वर्षिया कतारी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको कतारको स्वास्थ्य मन्त्रलायले जनाएको हो ।

कतारमा ठूलो संख्यामा नेपालीहरु रहेका छन् । चीनको वुहान शहरबाट फैलिएको कोरोनाको चपेटामा हाल खाडी मुलुकहरु पनि आएका छन्। खाडीमा सबैभन्दा धेरै इरान प्रभावित भएको छ । जहाँ शनिबार २१० जनाको मृत्यु भएको खबर छ ।

खाडी मुलुक तथा, दक्षिण कोरियामा कोरोनाले महामारीको रुप लिन थालेपछि त्यहाँ रहेका नेपालीहरुसमेत त्रासमा छन्। यद्यपी हालसम्म कुनै पनि नेपाली संक्रमित नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij