२०८३ साउन १० आइतबार

‘चैतको पहिलो साता नयाँ गभर्नर’

ई आर्थिक    शुक्रबार, फाल्गुन १६ २०७६
3.5K
Shares
‘चैतको पहिलो साता नयाँ गभर्नर’

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर आगामी चैतको पहिलो साताभित्र नियुक्त गरिने बताएका छन्। बिहीबार मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले हालका गभर्नर चिरञ्जीवी नेपालको कार्याकाल सकिनु अगावै नयाँ गभर्नर नियुक्त हुने बताएका हुन् ।

सञ्चार मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका मन्त्री खतिवडाले आफ्नै उदाहरण दिँदै अहिलेसम्म गभर्नर नियुक्तिमा एक महिना अघि नै नियुक्ति दिने चलन नभएको बताए ।

उनले भने ‘म गभर्नर हुँदा पनि आफ्नो कार्यकाल सकिने भोलिपल्ट मात्र नयाँ गभर्नरको नियुक्ति भएको हो। समयभित्रै नियुक्त हुन्छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij