२०८३ साउन ९ शनिबार

यूरोपियन युनियनले नेपालको पस्मिना र कफी उत्पादन क्षेत्रमा लगानी गर्ने

ई आर्थिक    शुक्रबार, फाल्गुन १६ २०७६
5.3K
Shares
यूरोपियन युनियनले नेपालको पस्मिना र कफी उत्पादन क्षेत्रमा लगानी गर्ने

ई–आर्थिक, काठमाडौं । युरोपियन युनियन (ईयू) ले नेपालका लागि नयाँ परियोजना कार्यान्वयनमा ल्याउने भएको छ । नेपालको आर्थिक विकासका लागि क्षेत्रीय तथा विश्वव्यापी मूल्य श्रृङ्खलामा सुधार ल्याउन उक्त नयाँ परियोजना कार्यन्वयनमा ल्याउन लागिएको हो ।

काठमाडौंमा एक कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय व्यापार केन्द्रले परियोजना कार्यान्वयन गर्ने गरी युरोपियन युनियनले नेपालको पश्मिना र कफी उत्पादनको क्षेत्रमा लगानी गर्ने जनाएको हो । उक्त कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको साझेदारीमा कार्यान्वयनमा आउने भएको छ। परियोजनाको लगानी ८ मिलियन युरो बराबरको हुने छ। जसमध्ये अन्तर्राष्ट्रिय व्यापार केन्द्रले ५ मिलियन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल स्थित युरोपियन युनियनको कार्यालयले संयुक्त रुपमा ३ मिलियन खर्च गर्ने छन् ।

कार्यक्रममा मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले कफी र पश्मिनाको उत्पादन बढाउने र अन्तर्राष्ट्रिय बजारमा व्यापार अभिवृद्धि गर्नका लागि उक्त सहयोग महत्वपूर्ण हुने बताए। उनले परियोजनाले कुनैपनि व्यक्तिले उत्पादन गरेको वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजाने वातावरण निर्माण गर्ने समेत बताए ।

आयोजनाले क्षेत्रीय र विश्वव्यापी मूल्य श्रृङ्खलामा नेपाली उद्यामीहरुको सहभागिता बढाउने लक्ष्य समेत लिएको छ। त्यस्तै यो परियोजनाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा निर्यात प्रवद्र्धन केन्द्रको क्षमता अभिवृद्धि गर्नुका साथै व्यापार नीतिहरुमा सुधार गर्ने र व्यापार सम्झौताको कार्यान्वयनमा जोड दिने छ ।

त्यस्तै एक व्यापार सुविधा र निर्यात नीतिको विकास गर्ने छ भने कफी तथा पश्मिना उत्पादन गर्ने साना किसानहरुलाई बजारमा जोडने र यसको मूल्य श्रृङ्खलामा क्षमता अभिवृद्धि गर्नमा जोड दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij