२०८३ साउन १२ मंगलबार

मलेशियाका कामदारको तलब बृद्धि, तलब संझौता अनुसार नभए दुतावासमा उजुरी दिन सकिने

ई आर्थिक    शुक्रबार, फाल्गुन १६ २०७६
11.7K
Shares
मलेशियाका कामदारको तलब बृद्धि, तलब संझौता अनुसार नभए दुतावासमा उजुरी दिन सकिने

क्लालम्पुर । मलेशियामा कार्यरत नेपाली कामदारहरुलाई खुशिको खवर आएको छ । मलेशियामा कार्यरत नेपाली कामदारको तलब बृद्धि भएको छ । नेपाल सरकार र मलेसिया सरकारबीच नयाँ श्रम सम्झौता भएसँगै श्रमिकको न्यूनतम तलब पनि बढेको होे । सम्झौता अनुसार बढेको न्यूनतम तलब फेब्रुअरी १ देखि लागू भएको छ । नयाँ सम्झौतामा उल्लेख भएको न्यूनतम तलब नपाएमा उजुरी गर्न नेपाली दूतावासले कामदारहरुलाई आव्हान गरको छ ।

नयाँ श्रम सम्झौता भएपछि मलेसिया रहेका श्रमिकहरूको न्यूनतम तलब एक हजार दुई सय मलेसिया रिंगेट हुने भएको छ । कुनै पनि नेपाली श्रमिकले नयाँ सम्झौता अनुसारको तलब नपाएमा नेपाली राजदूतवास मलेसियामा इमेल वा निवेदन पेस गरी तुरुन्तै उजुरी गर्न मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले आग्रह गरेका छन् ।

दूतावासमा उजुरी आएपछि सम्बन्धित कम्पनीलाई इमेल वा चिठी मार्फत नयाँ सम्झौता अनुसारको तलब दिनको लागि चेतावनी दिने र त्यसलाई इन्कार गरे लेबर डिपार्टमेन्टमा उजुरी गरी मलेसिया सरकारको कानुन बमोजिमको कारवाहीको दायरामा ल्याउने समेत राजदूत पाण्डेले बताए ।

दुतावास आउन र निवेदन पेस गर्न असमर्थ भएमा ईमेल [email protected] र हटलाइन ०१६९२४७२७७७ ह्वाटसएपबाट पनि उजुरी गर्न सकिने पनि दूतावासले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij