२०८३ साउन ९ शनिबार

नेपालको चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीच समझदारी

ई आर्थिक    बिहिबार, फाल्गुन १५ २०७६
10K
Shares
नेपालको चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीच समझदारी

ई–आर्थिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्सबीच आपसी समर्थन, लाभ र सहयोगको पहिचान स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसले चेम्बर र एयरलाइन्स बीच संस्थागत र व्यक्तिगत स्तरमा सम्बन्ध विस्तार गर्ने कार्यक्षेत्रको सराहना भएको छ ।

समझदारी अनुसार चेम्बरसँग आबद्ध सदस्यहरूलाई उड्डयन सुविधाको क्षेत्रमा सहयोग गर्ने, सहुलियत प्रधान गर्ने सहमती भएको छ । टर्कीस एयरलाइन्सले चेम्बरलाई इकोनमी क्लासमा सात प्रतिशत सम्म र बिजनेस क्लासमा १० प्रतिशत सम्म छुट दिने भएको छ । तर यो छुट प्रवद्र्धनात्मक प्रस्ताव र कोडशेयर उडानमा लागु हुने छैन।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीच बिध्यमान सम्बन्धलाई मध्यनजर गर्दै नेपाल टर्कीस बीच आर्थिक तथा पर्यटन प्रवद्र्धनको लागि कोसेढुङ्गाको काम गर्ने बताए । उनले नेपाल चेम्बर अफ कमर्स र टर्कीस चेम्बर अफ कमर्स बीच व्यवसायिक लगानी, पर्यटन र व्यापार गर्ने सहकार्य भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij