२०८३ साउन १० आइतबार

सिभिल लघुवित्तको कार्यक्रम समीक्षा गोष्ठी सम्पन्न

ई आर्थिक    बिहिबार, फाल्गुन १५ २०७६
12.6K
Shares
सिभिल लघुवित्तको कार्यक्रम समीक्षा गोष्ठी सम्पन्न

ई–आर्थिक, काठमाडौं । सिभिल बैंकको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०७६ माघ मसान्तसम्मको कार्यक्रम समीक्षा गोष्ठी सम्पन्न भएको छ। उक्त कार्यक्रममा संस्थाका विभिन्न कार्यालयका शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

समीक्षा कार्यक्रमको उद्घाटन गर्दै कामु प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सिभिल लघुवित्तको हालसम्मको प्रगति अवस्था, संस्थाको आगामी रणनीति, संस्थाले भोगेका समस्या, चुनौति र त्यसलाई अवसरको रूपमा सदुपयोग गर्दै परिणाममुखी नतिजाको लागि सबै तहमा कार्यरत कर्मचारीहरूलाई उच्च मनोबलका साथ कार्यसम्पादन गर्न निर्देशन दिए।

उक्त कार्यक्रममा संस्थाका क्लस्टर प्रमुखहरू तथा शाखा प्रमुखहरूद्धारा आ–आफ्नो शाखा एवम् क्लस्टरको प्रगति विवरण तथा आगामी रणनीति प्रस्तुत गर्दै तोकिएको लक्ष्य हासिल गर्न निरन्तर लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।

संस्थाको सञ्चालक समितिका पदाधिकारीहरूको उपस्थितिमा भएको कार्यालय प्रमुखहरूको प्रस्तुतिकरण कार्यक्रममा संस्थाका सञ्चालकहरूले आफ्ना विगतका अनुभव राख्दै असल ग्राहक पहिचान र गुणात्मक कर्जा प्रवाहमा ध्यान दिन सुझाए।

कार्यक्रमको समापन समारोहमा सञ्चालक समितिका अध्यक्ष सचिनजङ्ग रायमाझीले संस्थाले विभिन्न स्थानमा वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दा केही उतारचढाव भई समस्या तथा चुनौति आएतापनि आफनो काम तथा सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए।

काठमाडौंको चावहिलमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस संस्थाले २०७६ माघ महिना सम्ममा २६ जिल्लामा ४८ शाखा कार्यालय मार्फत ३२ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ। संस्थाले चालु आ।व भित्र थप शाखा कार्यालयहरू स्थापना गरी आफनो सेवा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

हाल संस्थाको लगानीमा रहिरहेको कर्जा १ अर्ब २१ करोड, कुल बचत ३७ करोड रूपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij