२०८३ साउन ९ शनिबार

नेकपामा अध्यक्ष ओली झन कमजोर, सचिबालय बैठक समेत थाहा हुन छाड्यो, प्रचण्ड र बिष्णु पौडेलको जोडी सफल हुदै

ई आर्थिक    बुधबार, फाल्गुन १४ २०७६
23K
Shares
नेकपामा अध्यक्ष ओली झन कमजोर, सचिबालय बैठक समेत थाहा हुन छाड्यो, प्रचण्ड र बिष्णु पौडेलको जोडी सफल हुदै

ई–आर्थिक, काठमाडौं । बुधबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिबालयको बैठकमा पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओली निकै आक्रोसित देखिए । प्रधानमन्त्री हुन नसक्ने मौजुदा ब्यबस्थामा पनि उपाध्यक्ष बामदेब गौतम राष्ट्रिय सभामा जान तयार हुनु र त्यसका लागि उनको ‘बे्रनवास’ गर्नेप्रति उनी आक्रोसित देखिएका थिए । सरुमा आफूले राष्ट्रिय सभामा लैजाने प्रस्ताब गर्दा प्रधानमन्त्री हुने बाटो खुला गरे मात्र जाने सर्त राखेका गौतम अहिले यही ब्यबस्थामा जान तयार हुनुको पछाडि ‘केही पाक्दै’ गरेको उनले महसुस गरेको संकेत गरेका थिए ।

राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री बन्न बर्तमान संबिधान बाधक छ । यसका लागि संबिधान संशोधन गरेर बाटो फुकाउन पार्टीभित्र कार्यदल नै बनेको थियो । तर यसको नराम्रोसँग आलोचना भएपछि कार्यदल बिघटन भयो र तत्काल संबिधान संशोधन पनि ट¥यो । यसले प्रधानमन्त्रीसमेत रहेका ओलीले शान्तिको सास फेरेका थिए । किनभने बामदेबलाई प्रधानमन्त्रीको बाटो खुला गर्दै राष्ट्रिय सभामा ल्याउनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नुसरह भएको ओलीले नबुझ्ने कुरै थिएन । तर उनी प्रचण्डको चेपुवामा नराम्रोसँग परिसकेका थिए । गहै मन बनाएर उनले संबिधान संशोधनको कार्यदल बनाउन सहमति गरेका थिए र पछि फर्कन सक्ने अबस्था पनि छँदै थिएन । जब यसको बिरोधमा मुलुक जुर्मुरायो तब ओलीमा केही चैन देखिएको थियो ।

भड्किएको बिरोधको परिस्थिति सम्हाल्न कार्यदल भंग गरेपछि ओलीले सोचे ‘अब गौतम राष्ट्रिय सभाका लागि तयार हुदैनन् र त्यहाँ डा. युवराज खतिवडालाई वा कुनै आफू निकट ब्यक्तिलाई ल्याउन सकिन्छ ।’ उनको यो अनुमानले बैठकमा पल्टा खायो । बामदेब त प्रधानमन्त्री नपाए पनि राष्ट्रिय सभामा जान तयार भए र बहुमतले उनलाई पठाउने प्रस्ताब पनि गरे । यसले ओलीमा निकै सकस उत्पन्न भयो । किनभने राष्ट्रिय सभामा एक सिट मात्र खाली छ, सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने । त्यो सिटमा अहिलेका अर्थमन्त्री युवराज खतिवडा छन् । बामदेब जाने भए युवराजलाई बिदाई गर्नुपर्छ । युवराजलाई राष्ट्रिय सभाबाट मात्र होइन, अर्थमन्त्रीबाटै बिदाई गर्नुपर्छ । यही पिरलोले ओली आक्रोसित भए ।

बैठकको कथा बुधबार बिहान ११ बजे पार्टीको सचिबालयको बैठक हुने सूचना प्रबाह गरिदा सचिबालय सदस्य ईश्वर पोखरेलले के एजेण्डामा छलफल गर्न बैठक डाकियो भनेर भेउ पाउन सकेनन् । उनले केही बेरमा पार्टी अध्यक्ष तथा प्रधानमन्न्त्रीसँग यसबारेमा ‘कन्फर्म’ हुन फोन गरे । जब अध्यक्ष ओलीको कुरा सुने ईश्वर चकित परे । बैठक किन र केका लागि भनेर ओलीले पनि बुझेका रहेनछन् । ओलीले माधब नेपालसँग बुझेर खबर गरौंला भनेर ईश्वरलाई भने । पहिलो बरियताका अध्यक्ष नै रणभुल्लमा पर्ने गरी तय गरिएको बैठकको चाँजोपाँजो भने प्रचण्ड, बामदेब र महासचिब बिष्णु पौडेलको योजनामा भएको खुल्यो । यसमा प्रचण्डले माधब नेपाल र झलनाथलाई भनिसकेका रहेछन् ।

संबिधान संशोधन कार्यदल अघि बढ्न नसक्ने देखिएपछि प्रचण्ड, बामदेब र बिष्णुबिच सल्लाह भएछ । सल्लाह अनुसार तत्काल प्रधानमन्त्री बन्ने बाटो खुला नभए पनि बामदेबलाई राष्ट्रिय सभाको सदस्य बनाउने र उपप्रधानसहित कुनै मन्त्री बनाउने । ‘रात रहे अग्राख पलाउँछ’ भनेर पार्टीभित्र झटपट यसको निर्णय गराउन आज बैठक बस्ने उनीहरुको सहमति बनेछ । यसको सबै तारतम्य प्रचण्डले मिलाएर केपी ओलीलाई भन्ने जिम्मा बिष्णुलाई दिइएछन् ।

बिष्णुले कुटनीतिक पाराले बैठक बसेर कार्यदल बिघटन गर्न आवश्यक रहेको बताएर ओलीलाई सहमति गराएछन् । तर मूल उद्धेश्य भने बामदेबलाई राष्ट्रिय सभामा लैजाने एजेण्डा पारित गराउने नै थियो । बैठकमा पुगेपछि ओलीले राष्ट्रिय सभामा गौतमलाई लैजाने एजेण्डा प्रचण्डले राख्ने सुइको पाए । तर उनी के ढुक्क थिए भने प्रधानमन्त्री हुन नसक्ने मौजुदा ब्यबस्थामा गौतम राष्ट्रिय सभामा जाँदैनन् । किनभने उनले यसलाई सर्त बनाएका थिए । उता गौतम मौजुदा ब्यबस्थामा पनि राष्ट्रिय सभामा जान तयार भइसकेको भने ओलीले पत्तो पाएका थिएनन् । त्यसैले गौतमको सहानुभुति लिने उद्धेश्यले ओलीले उनलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताब सुनाए । लगत्तै अर्का अध्यक्ष प्रचण्डले पनि गौतमलाई राष्ट्रियसभा लैजानुपर्नेमा जोड दिए ।

यस एजेण्डमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत बहुसंख्यकले साथ दिए । त्यसपछि गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने निर्णय भइसकेकाले मान्ने बताए । यसपछि भने ओली झस्किए । उनले गौतमले पहिलेको सर्त राख्छन भन्ने सोचेका थिए । तर गौतमले यही ब्यबस्थामा जान तयार भएको बताएपछि ओलीले यो सबै आफ्नो बिरुद्धको षडयन्त्र रहेको चाल पाए र निकै रिसाए पनि । प्रचण्ड र बिष्णुको जोडी जम्दै सिंगो नेकपाको नेत्तृत्व गर्ने सपनासहित पार्टी एकता गरेका प्रचण्ड समकालीन राजनीतिमा सबैभन्दा चतुर राजनीतिक खेलाडी हुन भन्ने कसैमा भ्रम छैन । सिंगो नेकपाको नेत्तृत्व गर्न उनलाई पूर्बएमालेबाट कुनै नेताको बलियो साथ र समर्थन चाहिन्छ भन्ने उनले नबुझ्ने कुरै भएन ।

पूर्बएमालेका नेता बामदेब गौतमसँग त उनले लामो समयसम्म सहकार्य गर्ने बारेमा बलियो सहमति गरेकै छन् । तर यतिले मात्र उनको सपना साकार हुदैन । झलनाथ खनालले साथ दिनु र नदिनुमा कुनै फरक नदेखेका प्रचण्डले माधब नेपालसँग कुनै दिन प्रतिश्पर्धा गर्नुपर्छ भनेर मानसिक तयारी गरिसकेका छन् । त्यसपछि पूर्बएमालेको पार्टी संगठनमा प्रभाब राख्न सक्ने र कुृटिल चाल चल्न सक्ने नेतामा बिष्णु पौडेल नै भएको उनले यो अबधिमा राम्रैसँग अनुभब गरे । प्रचण्डले नै ईश्वरको सट्टा बिष्णु पौडेललाई महासचिबको प्रस्ताब गरेका थिए । उनलाई बढुवा गरेर आफूले सही निशाना लगाएकोमा प्रचण्ड मख्ख छन् । किनभने बिष्णुले नै प्रचण्डको कुटिल योजनालाई केपी ओलीमार्फत कार्यान्वयन गरिरहेका छन् ।

केपी र माधब एक ठाउँमा आए भने आफ्नो सपनाले पल्टा खाने बुझेका प्रचण्डले बिष्णुमार्फत केपीलाई उचालेर माधब नेपाललाई भित्तोमा पुग्ने गरी पेल्न लगाए । यसले माधब र उनको ठूलो समूह केपीसँग रुष्ट भयो र प्रचण्डको समीपमा पुगेको छ । यसमा बिष्णु पौडेलको अहम भुमिका देखिन्छ । कतिपय कुरामा प्रचण्डसँग केपी सचेत भएर माधब नेपालसँग नजिक हुन खोजे पनि पौडेलले मध्यस्थताको नाममा एकता गराउँछन् र माधबलाई टाढा बनाउँछन् । पौडेलको यही क्षमताले प्रचण्डले एमालेलाई माओबादीकरण गराउँदैछन् । यि दुबैको जोडीले एकले एकल अध्यक्ष र एकले एकल महासचिब हुने सपना बोकेका छन् । यही गतिमा यो जोडी सफल हुदै गएमा उनीहरुको यो सपना साकार हुनेमा शंका पनि छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij