२०८३ साउन ११ सोमबार

सिस्नुको परिकारमा रमाउँदै पर्यटक

ई आर्थिक    मंगलबार, फाल्गुन १३ २०७६
6.9K
Shares
सिस्नुको परिकारमा रमाउँदै पर्यटक

ई आर्थिक, मान्म । जिल्लाको खाँडाचक्र नगरपालिका–७ पिलीमा सञ्चालित कर्णाली सामुदायिक घरवास ‘होमस्टे’मा आउने पर्यटकले स्थानीय सिस्नुका परिकारलाई पहिलो रोजाइ बनाएका छन् । यसका परिकार स्वादिलो हुने भएकाले माग बढेको हो ।

होमस्टेमा आउनेले सबैभन्दा बढी स्थानीय परिकारका खाना नै बढी खोज्ने गरेका छन् । सिस्नु, कोदो, मकै र रातो चामलको परिकार बढी खोज्ने गरेको होमस्टे सञ्चालक पुत्रबहादुर मल्लले जानकारी दिनुभयो “यहाँ आउने स्वदेशी तथा विदेशीले स्थानीय खाना बढी खोज्ने गरेका छन्”, उहाँले भन्नुभयो, “सिस्नु पहिलो रोजाइमा पर्ने गरेको छ ।”

होमस्टेमा आउनेमा बढी स्वदेशी हुने गरेको उनीहरुले प्रायःजसोले सिस्नोको स्वाद लिने र फर्किदा सिस्नुको पीठो लैजाने गरेको सञ्चालक मल्लले बताउनुभयो । “यहाँ आउने प्रायः नेपाली पर्यटक बढी हुने गरेका छन्”, उहाँले भन्नुभयो, “स्थानीय सिस्नुको स्वाद चाख्छन् र सिस्नु पीठो घरमा पनि लैजान्छन् ।”

यहाँ आउने विदेशी पर्यटकले इन्टरनेटको माग बढी गर्ने गरेका छन् । सो सुविधा नभएकोले यहाँ आउने विदेशीले लामो समयसम्म बस्न नमान्ने वडाध्यक्ष रजबहादुर मल्लले जानकारी दिनुभयो । “होमस्टेमा विदेशी पर्यटक पनि आउँछन्”, उहाँले भन्नुभयो, “विदेशी इन्टरनेटको माग बढी गर्छन् । यहाँ इन्टरनेट नहुँदा धेरै बस्न मान्दैनन् ।”

होमस्टे सञ्चालक पुत्रबहादुर मल्लले भन्नुभयो, “नेपाली पर्यटकले इन्टरनेटको खासै माग गर्दैनन्”, उहाँले भन्नुभयो, “मोबाइल फोन पनि राम्रो काम नगर्ने गाउँमा विदेशी पर्यटकहरुले इन्टरनेटको माग बढी गर्छन् ।”

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij