२०८३ साउन ९ शनिबार

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

ई आर्थिक    मंगलबार, फाल्गुन ६ २०७६
5.7K
Shares
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

ई–आर्थिक, मुग्लिन । सवारी दुर्घटनाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

आज बिहान ४ः३० बजे चितवनको इच्छाकमना गाउँपालिका–६ जलवीरेमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४०३ नंको डिब्बा ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना८ख ६९८० नंको गिट्टी बोकेको टिपर एकापसमा ठोक्किएका थिए । दुर्घटनामा परेका सवारी साधन सडकमै तेर्सिएपछि सडक अवरुद्ध भएको थियो । क्रेनको सहायताबाट हटाएपछि बिहान ७ः१५ बजेबाट सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा ट्रकका चालक सामान्य घाइते भएका थिए । घाइते चालकलाई उपचारका लागि काठमाडौँ लगिएको छ भने टिपर चालक प्रहरीको नियन्त्रणमा छन् ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij