ई–आर्थिक, काठमाडौं। निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त हुने भएकी छन् ।
रिक्त रहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिने कार्यक्रम तय भएको छ ।
उपेन्द्र यादवको बहिर्गमनपछि रिक्त रहेको कानुन मन्त्रालयको जिम्मेवारी अहिले स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन्।
यसअघि उपसभामुख रहनुभएकी शिवमायाले तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पदको दाबी गरेकी थिईन । तर नेकपा सचिवालयले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उनले राजीनामा दिएकी थिईन ।