२०८३ साउन ९ शनिबार

बिछोडको मोडमा सेलिब्रिटी

ई आर्थिक    शुक्रबार, फाल्गुन २ २०७६
31.2K
Shares
बिछोडको मोडमा सेलिब्रिटी

मनोरञ्जन उद्योगमा प्रेम गर्नभन्दा ज्यादा टिकाउन गाह्रो छ। यो साल केही चर्चित जोडीले आफ्नो प्रेम सम्बन्ध बचाउन सकेनन्। 

 

शिल्पा पोखरेल-छवि ओझा

वर्षको सबैभन्दा चर्चित ब्रेकअप शिल्पा पोखरेल र छवि ओझाको रह्यो। शिल्पाले छविले घरेलु हिंसा गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि दुई वर्षअघि मात्र विवाह गरेको यो जोडी झगडामा उत्रियो। तर, यो झगडा यति कुरूप भयो कि यसले सेलिब्रिटीको इमेजमाथि नै प्रश्न उठायो। छवि ओझा र पूर्वपत्नी रेखा थापाको झगडा पनि मिडियामा यसरी नै छरपस्ट भएको थियो।

जसिता गुरुङ-प्रदीप खड्का

यो जोडीले आफूहरू प्रेममा रहेको कहिल्यै स्वीकार गरेन, तर दुवैलाई नजिकबाट चिन्नेहरू भन्छन्, दुवैका गतिविधिमा प्रेमको मात्रा प्रशस्त थियो। तर, ‘लभ स्टेसन’ फ्लप भएपछि उनीहरूको बाटो बदलियो। प्रदीपले अभिनय गर्ने ‘प्रेम गीत ३’मा नयाँ हिरोइन फाइनल भएसँगै दुवैको ब्रेकअपको चर्चाले शहर गर्माएको थियो, तर पुष्टि केही दिनअघि मात्र भयो। दुवैको ब्रेकअप भएको दाबीसहित थुप्रै अनलाइनले समाचार पनि लेखिसकेका छन्।

आँचल शर्मा-पल शाह

तस्बिर: कमल श्रेष्ठ।

आँचल शर्मा र पल शाहले पनि मुखले अफेयरमा रहेको कहिल्यै स्वीकार गरेनन्, तर प्रेमी–प्रेमिकावाला व्यवहार भने देखाइरहे। वर्षको मध्यतिर आँचल र पलको ब्रेकअपको खबर बाहिरियो। यतिबेला आँचल उदिप श्रेष्ठसँग विवाहको तयारीमा छिन् भने सुनिन्छ भने पल शाह भने आजभोलि आँचललाई छाड्नुपरेकोमा चुकचुकाइरहेको चर्चा इन्डस्ट्रीमा सुनिन्छ।

सन्ध्या केसी-दर्शन भट्टराई

अभिनेत्री तथा भीजे सन्ध्या केसी र कार्पेट व्यवसायी दर्शन भट्टराईको प्रेम पनि यो साल टुट्नेमा पर्‍यो। तर, अफेयरमा रहेको हल्ला जसरी बाहिरिएको थियो, छुट्दा त्यति हल्ला भएन। अहिले सन्ध्या अमेरिकातिर घुमिरहेकी छिन्।

ज्योत्स्ना योगी-रजत खड्का

‘म त तिम्रै हुँ’ अभिनेत्री ज्योत्स्ना सिंह ठकुरीको नाम पहिलो पल्ट सोही फिल्मका अभिनेता आकाश श्रेष्ठसँग जोडिएको थियो। तर, फिल्म उत्रिएसँगै दुवैको अफेयरको हल्ला पनि उत्रिएको थियो। यसपछि उनको नाम रजत खड्कासँग जोडियो। तर, रजतसँग पनि ज्योत्स्नाको प्रेम धेरै टिकेन। रजतले ज्योत्स्नालाई छाडेर मेकअप आर्टिस्ट इच्छा कार्कीसँग विवाह गरे।

निलम शाह-रामकृष्ण ढकाल

गायक रामकृष्ण ढकाल र निलम शाहको सम्बन्ध विच्छेद यो सालको चर्चित काण्डमध्ये एक रह्यो। सहकारीको ऋणको कारण समाचारमा आइरहेका ढकालले एक दिन सुटुक्क निलमसँग पारपाचुके गरे। तर, यो पारपाचुके शंकाको घेरामा नै छ। उनीहरू निकट स्रोतका अनुसार ढकालले सहकारीबाट सम्पत्ति बचाउन सम्बन्ध विच्छेदको नाटक गरेका हुन्। नभन्दै ढकाल छोरी र ‘पूर्वश्रीमती’लाई लिएर आशा भोस्लेको कार्यक्रममा देखिएपछि उनीहरूको सम्बन्ध विच्छेद नाटक मात्र रहेको दाबी गर्नेलाई बल पुगेको थियो।

उषा खड्गी-जिपी तिमल्सिना

नपत्याउने खबर उषा खड्गी र जिपी तिमल्सिनाको पनि रह्यो। १५ वर्षअघि विवाह गरेको यो जोडी पनि अहिले सम्बन्ध विच्छेदका लागि अदालतको आदेश कुरेर बसिरहेको छ। झगडाको कारण बाहिरिएको छैन, तर स्रोत भन्छ, यहाँ पनि घर टुट्ने मुख्य कारण घरेलु हिंसा नै हो। जिपी र उषाका एक छोरी र एक छोरा छन्।

अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij