ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ। निगमले प्रतिलिटर एक रुपैयाँ घटाएको छ । खाना पकाउने ग्यास (एलपी ग्यास)को मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मुल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ ।