२०८३ साउन १२ मंगलबार

मुक्तिनाथ बैंकको शाखामा आगलागी, १५ लाखको क्षति

ई आर्थिक    आइतबार, माघ १९ २०७६
8K
Shares
मुक्तिनाथ बैंकको शाखामा आगलागी, १५ लाखको क्षति

ई–आर्थिक, काठमाडौं । वीरगञ्जस्थित मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालयमा आगलागी हुदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । नगर विकास समितिको भवनमा रहेको बैंकको शाखामा करिब ११ बजे राती आगलागी भएको थियो ।

आगलागीको कारण नखुले पनि विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुका अनुसार आगलागीबाट बैंकभित्र रहेको एक दर्जन कम्युटर, प्रिन्टर ३ थान, २ सेट सोफा, ४ थान एसी, फर्निचरलगायतका समान र कागजपत्र जलेर नष्ट भएको छ ।

शाखा कार्यालयका म्यानेजर अशोक राजभण्डारीले भने महत्वपूर्ण कागजात र रकम भने सुरक्षित रहेको बताएका छन् । उनका अनुसार सुरक्षा गार्डले बैंकभित्र आगो लागेको देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । दमकलको सहयतामा सुरक्षाकर्मी र स्थानीय मिलेर आगो समयमै नियन्त्रणमा लिएकाले थप क्षति हुन नपाएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij