ई–आर्थिक, काठमाडौं । यौन शोषणको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणाले प्रहरी समक्ष आत्मसमर्पण आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं पुगेका सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञराज पोखरेलले जानकारी दिए ।
राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको थियो । उनलाई पक्राउ प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेको बेलामा उनले आत्मसमर्पण गरेका हुन् । इटहरीको एक होटलमा आफूमाथि एसएसपी राणाले जबर्जस्ती करणी गरेको पीडित महिलाले आरोप लगाएकी थिइन् ।
ती महिलाको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो । यौन शोषणको आरोप लागेपछि उनलाई निलम्बन समेत गरिएको थियो । संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत उनलाई पक्राउ गर्न पुर्जी समेत जारी गरिएको थियो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा राणालाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरेका थिए ।