२०८३ साउन १२ मंगलबार

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा

ई आर्थिक    बुधबार, माघ १५ २०७६
13.5K
Shares
एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा

ई–आर्थिक, काठमाडौं । एभरेष्ट बैंकले आफ्नो ९५औं नयाँ शाखा ललितपुरको सानोगाउँमा खोलेको छ । नेपालभर १० लाखभन्दा बढी सन्तुष्ट ग्राहकका साथ ९५ स्थानीय सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमसहित सेवा प्रदान गर्दै आएको बैंकले आफ्नो सेवा ललितपुरको सानोगाउँमा पनि विस्तार गरेको हो।

बैंकले फराकिलो विश्वव्यापी सञ्जालमार्फत व्यावसायिक र कुसल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले समाजमा ठुलो संख्यामा र सबै वर्गलाई बैंकिङ सुविधा पु¥याउने प्रयास स्वरुप देशका सबै क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको बैंकले जनाएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका सानोगाउँमा ९५औं शाखा यसै नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले संयुक्त रुपमा शाखा उद्घाटन गरेका थिए । कार्यक्रममा बैंकका उच्च अधिकारीलगायत विभिन्न प्रतिनिधि र स्थानीयको उपस्थिति थियो ।
ललितप७३घढसरको महालक्ष्मी नगरपालिका

सानागाउँका बासिन्दाहरुले अब आफ्नो घर ठाँउमा शाखामार्फत आधुनिक बैंकिङ्ग सेवा-सुविधा प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकहरुले सम्पुर्ण बैंकिङ्ग सुविधाको लाभ लिन पनि सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij