२०८३ साउन ११ सोमबार

एभरेष्ट बैंकको नयाँ शाखा तनहुँको दमौलीमा

ई आर्थिक    आइतबार, बैशाख १२ २०७८
4.3K
Shares
एभरेष्ट बैंकको नयाँ शाखा तनहुँको दमौलीमा

ई–आर्थिक, काठमाडौं । एभरेष्ट बैंकको नयाँ शाखा तनहुँको दमौलीमा खुलेको छ । उक्त शाखाको उद्घाटन व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने र बैंकका गण्डकी प्रदेश प्रमुख राजु गौलीले संयुक्त रूपमा गरेका हुन् ।

कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पवीन्द्रकुमार श्रेष्ठ, व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठ, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत उपस्थित थिए ।

कार्यक्रममा बैंकले सम्पर्करहित भुक्तानीलाई प्रवद्र्धन गर्दै आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्न क्यूआर कोड पनि हस्तान्तरण गरेको छ ।

हालसमम् बैंकले १०३ शाखा, १३५ एटीएम, ३१ राजस्व संकलन काउन्टरसहित विश्वव्यापी नेटवर्कबाट आधुनिक मोबाइल र इन्टरनेट तथा एसएमएस बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij