२०८३ साउन ९ शनिबार

नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई पुग्यो

ई आर्थिक    मंगलबार, माघ १४ २०७६
5K
Shares
नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई पुग्यो

ई–आर्थिक, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई पुगेको छ । पछिल्लो पटक एक ४८ बर्षीय महिलामा यो भाइरसले संक्रमण गरेको भेटिएपछि यसको संख्या दुई पुगेको हो । छिमेकी चीनसहित धेरै मुलुकमा एकै पटक देखिएको यो घातक महामारी रोगबाट संक्रमित हुनेको संख्या नेपालमा समेत बढेको भेटिएपछि सर्बसाधारणमा चिन्ता छाएको छ ।

यो रोगले महामहारीको रुप लिएको छिमेकी चीनमा आयोजित एक कार्यक्रममा पुगेर फर्केकी महिलालाई पछिल्लो पटक यो भाइरस संक्रमण भएको भेटिएको हो । यो भाइरसको आशंकामा नेपालबाट दुई जनाको स्याम्पल परीक्षणका हङकङ पठाइएको थियो ।

परीक्षण पश्चात महिलामा यो भाइरस भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल स्रोतले जनाएको छ । आशंका गरिएका अर्का एक पुरुषमा भने यसको संक्रमण नदेखिएको अस्पताले जानकारी दियो । उनलाई डिस्चार्ज गरिएको छ । कोरोनाको संक्रमण देखिएकी महिलाको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसोलेशन वार्डमा राखेर उपचार भइरहेको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरसको कारण चीनमा करिब ८१ जनाको मृत्यु र करिब २ हजार ७ सय ४४ जना पीडित भएका छन् । चीनसँगै जापान, थाइल्याण्ड, दक्षिण कोरिया, ताइवान, मकाउ, हङकङ, संयुक्त राज्य अमेरिका, सिंगापुर, मलेसिया, भियतनाम, फ्रान्स, अस्ट्रेलिया र नेपालमा यसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij