२०८३ साउन ९ शनिबार

कोरोना भाइरसबाट सुरक्षाको व्यवस्थापन गर्न कांग्रेसको माग

ई आर्थिक    आइतबार, माघ १२ २०७६
8.1K
Shares
कोरोना भाइरसबाट सुरक्षाको व्यवस्थापन गर्न कांग्रेसको माग

ई–आर्थिक,काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नोवल कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

नेपाल पनि कोरोना भाइरसबाट उच्च जोखिममा रहेको छ । चीनको हुबई प्रान्तको राजधानी बुहानबाट फैलन सुरु भएको कारोना भाइरस आधा दर्जन मुलुकमा फैलिसकेको छ ।

बुहान शहरमा विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली व्यवसायीसमेत जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धारका लागि आवश्यक व्यवस्था गर्न कांग्रेस संसदीय दल आग्रह गरेको हो ।

“महामारीका रुपमा फैलन सक्ने कोराना भाइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा संक्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछौँ”, प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij