२०८३ साउन ११ सोमबार

बाह्रबिसे बजारमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

ई आर्थिक    आइतबार, माघ ५ २०७६
8.3K
Shares
बाह्रबिसे बजारमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

ई–आर्थिक, चौतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ । बजार क्षेत्र अतिक्रमण गरी बनाइएका टहरा भत्काइएको विरोधमा स्थानीयले हुलदङ्गा र तोडफोड गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रबिसे क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको जनाइएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ बमोजिम प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आदेश जारी गरेकी हुन्। अर्को व्यवस्था नभएसम्मका लागि आदेश कायमै रहने निर्देशनमा उल्लेख छ। आदेश अनुसार बाह्रबिसे बजारबाट तीन सय मिटर पूर्वसम्म, पश्चिममा भोटेकोशी खोलाको पुलसम्म र उत्तरको इलाका प्रहरी कार्यालय बाह्रबिसेसम्म निषेधाज्ञा जारी गरिएको छ। यस्तै, दक्षिणतर्फ पिस्कर क्षमादेवी जाने बाटोको सुनकोशी चोकसम्म निषेधाज्ञा जारी गरिएको हो।

बाह्रबिसे बजारको पूर्वतर्फ ३०० मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्षमादेवी जाने बाटासहितको चार किल्लाभित्र अर्को आदेश जारी नभएसम्म पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए । सो नगरपालिकाले सडक साँघुरो हुने गरी वर्षौंदेखि सडक मिचेर दायाँबायाँ बनाइएका घरटहरा भत्काउन पटकपटक सूचना जारी गरेको थियो । सूचना अटेर गरिएपछि नगरपालिकाले शुक्रबार डोजर प्रयोग गरी घर टहरा भत्काएपछि सामान्य झडपसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij