२०८३ साउन १० आइतबार

कनेक्ट आईपीएस मोबाइल एप्सको मासिक कारोबार सीमा थपियो

ई आर्थिक    आइतबार, पौस २७ २०७६
20.7K
Shares
कनेक्ट आईपीएस मोबाइल एप्सको मासिक कारोबार सीमा थपियो

ई–आर्थिक, काठमाडौँ। नेपाल क्लियरिङ्ग हाउसद्वारा सन्चालन हुँदै आएको कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीको मोबाइल एप्लिकेसनमार्फत हुने मासिक कारोबारको सीमा थप गरिएको छ। विद्यमान कारोबार सीमा मासिक १ लाखबाट वृद्घि गरी यही पुस २१ बाट लागू हुने गरी दुई लाख कायम गरेको हो।

नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन‐२०७६ को निर्देशनबमोजिम मासिक कारोवार सीमा थप गरिएको कम्पनीले जनाएको छ। यद्यपि प्रतिकारोबार सीमा ५० हजार रुपैयाँ नै कायम रहेको छ । कनेक्ट आईपीएसको वेबसाइटबाट गरिने कारोबारको सीमा प्रति कारोबार १० लाख र प्रति बैंक मासिक ५० लाख यथावत् नै रहेको कम्पनीले जनाएको छ।

कनेक्ट आईपीएस इपेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकीकृत प्ल्याटर्फम हो। यसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड÷बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन्। उक्त प्ल्याटर्फममा सदस्य बैंकहरुका ग्राहकहरूका लागि अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाइल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल÷कलेज, इन्स्युरेन्स भुक्तानी, आदिगर्न सकिने व्यवस्था रहेको छ।

थप गरिएको कारोबार सीमाले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई बैंक खाताबाट गरिने डिजिटल भुक्तानी कारोबार गर्न थप सुविधा हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij