२०८३ साउन ९ शनिबार

घरेलु लघुवित्तको अध्यक्षमा आङ देण्डी शेर्पा

ई आर्थिक    बुधबार, पौस २३ २०७६
7.4K
Shares
घरेलु लघुवित्तको अध्यक्षमा आङ देण्डी शेर्पा

ई–आर्थिक, काभ्रे । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको १५औ सञ्चालक समितिको बैठकबाट सर्वसम्वत अध्यक्षपदमा आङ देण्डी शेर्पा चयन हुनुभएको छ । नव नियुक्त अध्यक्ष शेर्पाले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल समक्ष शपथ ग्रहण गर्नुभयो ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्थानियमन विभागका का।मु। निर्देशक विरेन्द्र दत्त अवस्थी, उपनिर्देशक पञ्चलक्ष्मी मानन्धर, सहायक निर्देशक महेशकुमार जोशि साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारीको उपस्थिति रहेको थियो ।

यस संस्थाले संस्था स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु स्थापना गरी विगत १० महिना देखि लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले २०७६ मंसिर मसान्तसम्ममा लगभग ४ हजार ६ सय घरपरिवारहरुमा सेवा विस्तार गर्दै २१ करोड भन्दा बढी लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij