ई–आर्थिक, काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ बढेर आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो।आज छापावाला सुन तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला ७४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च हो।
यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको भाउ गएको महिनादेखि फेरि बिस्तारै बढेर मंगलबार तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता बुधबार र बिहीबार स्थिर रहेको सुनको भाउ शुक्रबार भने तोलामा एक हजार रुपैयाँ बढेको हो ।
चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।