२०८३ साउन ९ शनिबार

अरुण काबेली पावरको नबौं वार्षिक साधारणसभा सम्पन्न

ई आर्थिक    बुधबार, पौस १६ २०७६
7.8K
Shares
अरुण काबेली पावरको नबौं वार्षिक साधारणसभा सम्पन्न

ई–आर्थिक, काठमाडौं । अरुण काबेली पावरको ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को आर्थिक विवरण अनुमोदन गरी श्री जि. पौड्यल एण्ड एशोसियसनलाई आर्थिक वर्ष २०७६/७७ को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कम्पनीले निर्माण सम्पन्न गरेको काबेली बि–१ जलविद्युत आयोजना २५ मेगावाट सम्पन्न भई २०७६ असोज १६ गते परिक्षण उत्पादन र कार्तिक २३ गतेदेखि व्यापारिक उत्पादन भएको व्यहोरा साधारणसभामा अवगत गराइयो ।

कम्पनीले आगामी वर्षदेखि आफ्नो शेयरधनीहरुलाई लाभांश उपलव्ध गराउने संचालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए ।
त्यसै गरी अध्यक्ष न्यौपानेले कम्पनीले निकट भविष्यमा जलविद्युत लगानी सम्बन्धी छलफल गोष्ठी आयोजना गर्ने साधारणसभामा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij