२०८३ साउन ९ शनिबार

नयाँ बर्षमा भायोनेटको ‘ट्रिपल ट्वान्टी’ अफर

ई आर्थिक    बुधबार, पौस १६ २०७६
6.3K
Shares
नयाँ बर्षमा भायोनेटको ‘ट्रिपल ट्वान्टी’ अफर

ई–आर्थिक, काठमाडौं । भायोनेट कम्युनिकेशन प्रालिले नयाँ वर्ष २०२० को अवसरमा आफ्नो ग्राहकको लागि ‘ट्रिपल ट्वान्टी’ अफर बजारमा ल्याएको छ । कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त योजनाको बारेमा जानकारी दिएको हो ।

भायानेटका अनुसार नयाँ वर्ष २०२० को सुरुवात गर्नका लागि भायानेटले ग्राहकहरु लागि २०Mbps को नयाँ इन्टरनेट प्लान ल्याएको हो । यो योजना नयाँ इन्ट्री–लेबलको सीमित अवधिका लागिमात्र रहेको भायानेटले बताएको छ । उक्त योजना वार्षिक ११,४०० मा उपलब्ध छ, जसमा २५०ं च्यानलहरु भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा १००० छुट प्रदान गरिने भायानेटले जनाएको छ ।

भायानेटले बजारमा २०Mbps को अफर २०२० मा ल्याइएकाले यसलाई “ट्रिपल ट्वान्टी अफर” भनिएको जनाएको छ । यो अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij