२०८३ साउन १२ मंगलबार

क्यान बिभाजन हुन्छ, आन्दोलनले केही हुदैन : मन्त्री भट्टराई, कर्मचारीहरु झन आक्रोशित

ई आर्थिक    मंगलबार, पौस १५ २०७६
5.5K
Shares
क्यान बिभाजन हुन्छ, आन्दोलनले केही हुदैन : मन्त्री भट्टराई, कर्मचारीहरु झन आक्रोशित

ई–आर्थिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समयको आवश्यकता अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बिभाजन गर्न लागिएको बताएका छन् । हिजोको सीमित जिम्मेवारी र भुमिकाको नियमन गरिरहेको क्यानले आज बढेको भारी जिम्मेवारी पुरा गर्न समस्या हुने कुरालाई सरकारले मध्यनजर गरी क्यान बिभाजन गर्न लागिएको उहाँको प्रष्टोक्ति थियो । यसले क्यानलाई कमजोर होइन, थप प्रभाबशाली र दायित्व बहन गर्न सक्षम संस्थाको रुपमा बिकास गर्ने मन्त्री भट्टराईले दाबी थियो । आज मंगलबार क्यानको २१ औं बार्षिकोत्सबको अबसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कर्मचारीहरुको आन्दोलनप्रति लक्षित गर्दै आन्दोलनले कुनै निकास नदिने प्रष्ट पारे ।

अहिले आन्दोलनको समय होइन भन्दै मन्त्री भट्टराईले के कारणले क्यानलाई बिभाजन गर्न हुदैन भनेर तर्कसंगत बार्तामा आउन पनि सुझाए । ‘कि मलाई चित्त बुझाउनु प¥यो, कि आफू सहमत हुनुप¥यो ।’ उनले भने ।

कार्यक्रममा क्यानका महानिर्देशक राजन पोखरेलले क्यानको विगतको प्रगति र भावि कार्यक्रमको वारेमा प्रकाश पारेका थिए । महानिर्देशक पोखरलेलले पनि नियमनकारी र सेवाप्रदायक गरी दुई जिम्मेवार निकायमा क्यान परिणत हुनु सुखद रहेको बताए । उनले सरकारले सबै कुरालाई बिचार गरेर यस्तो निर्णय गरेको पनि प्रष्ट पारे ।

बायु सेवा सञ्चालक संघ, नेपालका अध्यक्ष, रामेश्वर थापाले नेपालको हवाई सेवा युरोपसम्म बिस्तार गर्न क्यानलाई बिभाजन गरी प्रभाबकारी बनाउनु पर्ने बताए । युरोपियन पर्यटकहरु खर्चालु र लामो समय बस्न सक्ने सामथ्र्यका भएकाले उनीहरुलाई नेपाल भित्र्याउन सबै उपाय अपनाउनु पर्ने उनको धारणा थियो । पानी बोकेर आउने पर्यटकबाट नेपालको पर्यटन उद्योग नफस्टाउने बताउँदै अध्यक्ष थापाले त्यसका लागि युरोपियन पर्यटकलाई लक्ष्य बनाउनु पर्ने बताए ।

कर्मचारीका तर्फबाट बोल्दै आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादबले युरोपियन युनियन (ईयु) को योजना अनुसार क्यान बिभाजन गर्न लागिएको आरोप लगाए । यादवले क्यानलाई राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई माफियाको डिजाइनमा टुक्राउन लागिएकोले त्यो योजना सफल हुन नदिने प्रतिबद्धता जाहेर गरे । निर्माणाधीन पोखरा, भैरहवा र निजगढ विमानस्थलको निजीकरण गर्ने खेलअनुसार विधेयक मन्त्रिपरिषद् गएको उनको भनाई थियो ।

क्यान बिभाजन गर्ने बिधेयक मन्त्रीपरिषदमा दर्ता भएपछि त्यसको बिरोधमा कर्मचारीहरु आन्दोलित छन् । सरकार जसरी भए पनि बिभाजन गर्ने पक्षमा र कर्मचारी नदिने पक्षमा रहेर बिभाजित हुदा अहिले निकै अन्योलग्रस्त अबस्था आएको छ । कर्मचारीहरु चरणबद्ध आन्दोलनमा छन् । कर्मचारी आन्दोलित भएपछि आजको २१ औं बार्षिकोत्सबको कार्यक्रम स्थल पनि जंगी अड्डालाई बनाइयो । कार्यक्रममा होहल्ला र मारपिट हुन सक्ने आशंकाले ब्यबस्थापनले कार्यक्रम स्थल जंगी अड्डा बनाएको थियो । बार्षिकोत्सब कार्यक्रमलाई बहिष्कार गर्ने मनस्थिति बनाएका कर्मचारीहरुले भने आफ्ना एजेण्डा राख्ने थलोका रुपमा कार्यक्रमलाई उपयोग गरेका थिए ।

कार्यक्रममा बोल्ने मन्त्री तथा उच्च पदस्थ अधिकारीहरु आफ्नो अडानमा दृढ रहेपछि भने कर्मचारीहरु आक्रोषित बनेका छन् । मन्त्री र उच्च व्यवस्थापनका कुरा आएपछि युनियनका उपाध्यक्ष ज्ञानेन्द्र भुलले शान्तिपूर्ण आन्दोलनप्रति सरकारको ध्यानाकर्षण नभएको पाइएकाले आफूहरु कडा आन्दोलनको तयारीमा जुटेको बताए । यसै शिलशिलामा आज कर्मचारीहरुले संयुक्त ट्रेड युनियन परिचालन समितिका अध्यक्ष पुष्कर आचार्यलाई भेट गरी आन्दोलनका विस्तृत पक्षको बारेमा छलफल गरेका थिए । समितिले आन्दोलनलाई समर्थन गर्न सहमत भएको र यसका लागि आवश्यक सहयोग गर्ने बताएको पनि उपाध्यक्ष भूलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij