२०८३ भाद्र २९ सोमबार

सिद्धार्थ बैंकको शाखा अब वीरगंजको मुर्लीचौकमा

ई आर्थिक    सोमबार, पौस ७ २०७६
7.5K
Shares
सिद्धार्थ बैंकको शाखा अब वीरगंजको मुर्लीचौकमा

ई–आर्थिक, काठमाडौं । सिद्धार्थ बैंकले आइतबार वीरगंजस्थित मुर्लीचौक शाखाको औपचारिक उद्घाटन गरेको छ ।

सिद्धार्थ बैंकले आइतबार वीरगंजस्थित मुर्लीचौक शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक सुरेश शिवाकोटी र सिद्धार्थ बैंकका सञ्चालक राजेश कुमार केडियाले संयुक्त रुपमा गरेका थिए ।

बैंकले मुर्लीचौक शाखा गत २०७५ चैत्र १० गतेदेखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।

बैंकले हाल १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij