ई–आर्थिक, काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आज आइतबारबाट कपिलबस्तुको तौलिहवामा २०२ औं शाखा सन्चालनमा ल्याएको छ । सो शाखा कार्यालयको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहज्यूले एक समारोह बिच गर्नु भएको थियो ।
योसँगै बैंकको शाखा संख्या २०२ पुगेको छ भने एक्सटेन्सन काउन्टर संख्या ३८, शाखारहित सेवा केन्द्र १७ र एटिएम आउटलेट संख्या १५२ पुगेको छ । एद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी मेयर सिंहले यस क्षेत्रका सर्बसाधारण जनतालाई प्रभु बैंकले आफ्नै घर आँगनमा सरल, सहज र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरी प्रशंसनीय कार्य गरेको बताउनुभयो । उहाँले बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि हुने र समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी, सर्बसाधारणलगायतको उपस्थिति रहेको थियो । उक्त शाखाबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने ब्यबस्था गरिएको छ । यसबाट त्यहाँका स्थानीय सर्वसाधारणहरु, उद्योगी ब्यापारी तथा अन्य संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।
साथै स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिबृद्धि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।