सबै सदस्यहरुको औषत कुल अनुभव १००० बर्ष भन्दा बढी
ई–आर्थिक, काठमाडौं । युनिलिभर नेपालका पूर्वकर्मचारीहरुले वल्र्ड टच होल्डिङ्ग एण्ड ईन्भेष्टमेन्ट कम्पनी खोलेका छन् । कम्पनीले शनिबार काठमाण्डौंमा आफ्नो प्रथम बार्षिक साधारण सभासमेत भव्यताका साथ मनाएको छ।
बिगतमा युनिलिभर नेपालमा संलग्न भई अलग भई सकेका र भविष्यमा अलग हुन नदिन कम्पनीले पुर्ण व्यवस्थालाई मध्यजनर गरी यो कम्पनीको स्थापना गरेको कम्पनीका संचालक समितीका नव निर्वाचित अध्यक्ष अम्बर बहादुर थापाले बताए । सबै सदस्यहरुको औषत कुल अनुभव १००० बर्ष भन्दा बढि रहनु, प्राय जसोः सबै बिषयमा बिषयगत अनुभव हासिल गर्नु, करिव नेपाल भरि नै छरिएर बस्नु नै कम्पनीको सवल पक्ष रहेको कम्पनीले दावी गरेको छ ।

आधिकारिक लगानीकर्ताहरु मध्ये प्रायः अधिकाशं सेयर सदस्यहरुकोे संलग्नता रहेको सम्पन्न प्रथम बार्षिक साधारण सभाले अम्बर बहादुर थापाको अध्यक्षतामा टंक प्रसाद भट्टराई, शालिक सुबेदी, अभिशेक प्रसाद साह, बिष्णु प्रसादचौलागाईं, उमेश खनाल र बबिता कार्की सहितको ७ सदस्यीय संचालक समिती सर्बसम्मत रुपबाट चयन गरेको छ ।

संचालक समितीलाई आवश्यक र समय सामयिक सल्लाह प्रदान गर्नको लागि मुकुन्द घिमिरेको संयोजकत्वमा ५ सदस्यीय एक सल्लाहकार समिती गठन गरिएको कम्पनीले जनाएको छ । सदस्यहरुमा रामहरि थापा, आशिस गजुरेल, केदार अर्याल र रमेश कुमार यादव रहेका छन् ।

त्यसै गरि डिल्ली राज सुवेदीको संयोजकत्वमा गठित ५ सदस्यीय लगानी समितीमा दिपेन्द्र राउत, दिनेश रजक, सरोज कुमार पौडेल र मनिषा लुईटेल रहेका छन भने आर्थिक मितव्ययिताको अनुगमन गर्नको लागि निरन्जन सिंह बस्नेतको संयोजकत्वमा बिनोद साह र अकेश जैसवाल सदस्य रहेको ३ सदस्यीय अडिट समिति समेत गठन गरिएको कम्पनीले जनाएको छ ।