ई–आर्थिक, काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले कैलालीको अत्तरियामा आधुनिक एवं सुविधा सम्पन्न नयाँ शोरुम ‘रुद्र अटोमोटिभस्’ सञ्चालनमा ल्याएको छ।
बजाजको उक्त नयाँ शोरुमले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउँदै सधै अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यलाई सार्थकता प्रदान गर्ने कम्पनीले जनाएको छ । बजाज, नेपालकै सर्वाधिक बिक्री हुने विश्वासिलो अटोमोबाइल ब्राण्ड भएको कम्पनीको दावी छ। ग्राहकहरुलाई खरिद गरेको सामाग्रीमा अधिकतम मूल्य प्रदान गर्न कम्पनी सधै प्रतिबद्ध रहेको जनाइएको छ । यसैको माध्यमबाट देशभरका ग्राहकहरुलाई उच्चस्तरीय, विश्वस्त सेवा र अझै आधुनिक सुविधा सुनिश्चित गर्दै बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने बतएको छ ।
नयाँ शोरुमको शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले कैलालीमा नयाँ शोरुम विस्तारसँगै यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै मोटरसाइकलको नयाँ अनुभव बटुल्ने बताए ।
शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ ।