ई–आर्थिक, काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ ।
पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासमा लाहौर हाइकोर्टले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
लामो समयदेखि चलिरहेको देशद्रोहको मुद्दामा बेन्चले २–१ को हिसाबमा मृत्युदण्ड दिइएको हो । फैसलाको पूर्ण पाठ ४८ घण्टाभित्र जारी गरिनेछ ।
पूर्व सैन्य प्रमुख अहिले दुबईमा बसोबास गरिरहेका छन् । सन् २००७ नोभेम्बर ३ मा संकटकाल लागु गरेको आरोपमा मुर्सरफविरुद्ध सन् २०१३ देखि देशद्रोहको मुद्दा अल्झिदै आएको थियो ।