ई–आर्थिक, काठमाडौं । मुक्तिनाथ विकास बैंकको अध्यक्षमा बैंककै पूर्वसीईओ भरतराज ढकाल सर्वसम्मतरुपमा चयन भएका छन् । ढकाल मुक्तिनाथ विकास बैंक स्थापना गर्ने र बैंकलाई यो अवस्थामा ल्याउने मूख्य व्यक्ति हुन ।
उनकै सक्रियतामा मुक्तिनाथ विकास बैंकको स्थापनामा भएको थियो । बैंक अहिले देशकै राम्रो विकास बैंकहरुको सूचीमा पर्न सफल छ ।
पोखरामा भएको १३ वार्षिक साधारण सभाले सञ्चालकको रुपमा चयन गरेको थियो । ढकालको कार्यकाल ४ वर्षको रहनेछ ।
हाल सञ्चालक समितिमा संस्थापक कार्यकारी प्रमुख लगायत ५ जनाको सञ्चालक समितिका सदस्यहरु सर्वसम्मत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ, रविन्द्र मान श्रेष्ठ, निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रलाई चयन गरेको हो ।