२०८३ साउन ९ शनिबार

पश्चिमी वायुको प्रभावले आज देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस १ डिग्री सेल्सियस

ई आर्थिक    सोमबार, मंसिर ३० २०७६
5.6K
Shares
पश्चिमी वायुको प्रभावले आज देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस १ डिग्री सेल्सियस

बुधबारदेखि मात्रै मौसम सुधार हुने

ई–आर्थिक, काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जानकारी उक्त महाशाखाले दिएको छ ।

महाशाखाले दिएको जानकारी अनुसार सो वायुको प्रभावले देशभर चिसो बढेको छ । तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ। पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सु÷कुहिरो लागेकोे छ।

बुधबारबाट मौसमी प्रणालीमा सुधार आउने जनाइएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियस रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij