ई–आर्थिक, काठमाडौं । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको तीर्थयात्री बाहक बस दुर्घटना भएको छ ।
कालिञ्चाेक मन्दिर दर्शनका लागि रिजर्भ गरेर फर्किएको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते छन् भएका छन्।
आईतवार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ स्थित पाँच किलो मोडमा बसको ब्रेक फेल हुँदा बस मोडबाट अन्दाजी ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
मृत्यु हुनेहरुमा ८ महिला, ३ पुरुष,१ बालक र १ बालिका रहेका छन् । मृतकको सनाखत भईसकेको छैन । घाइतेलाई भने उपचारका लागि खाडीचौरस्थित अस्पताल र काभ्रेको धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।