२०८३ साउन ११ सोमबार

ह्वात्तै बढ्यो सुनको भाउ, सुन तोलाको ८ सयले बृद्धि, चाँदीको पनि मूल्य बृद्धि

ई आर्थिक    बुधबार, मंसिर १८ २०७६
5.2K
Shares
ह्वात्तै बढ्यो सुनको भाउ, सुन तोलाको ८ सयले बृद्धि, चाँदीको पनि मूल्य बृद्धि

ई–आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ८ सयले बृद्धि भएको छ ।

आज बुधबार छापावाल सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य पनि बृद्धि भएको छ । आज तेजावी ७१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजावी सुन ७१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

बजारमा सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

मूल्य बृद्धिसँगै सुन चाँदीमा लगानी गर्नेहरुले राम्रै रकम आर्जन गरेका छन् । सेयर बजारमा लगानी अनिश्चितता देखिएपछि लगानीकर्ताहरू सुन चाँदी बजारमा छिरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij