२०८३ साउन ९ शनिबार

आज पूर्वी पहाडी जिल्लामा हल्का वर्षा हुन सक्ने, कस्तो छ तीन दिनको मौसमको अवस्था ?

ई आर्थिक    मंगलबार, मंसिर १७ २०७६
8.1K
Shares
आज पूर्वी पहाडी जिल्लामा हल्का वर्षा हुन सक्ने, कस्तो छ तीन दिनको मौसमको अवस्था ?

ई–आर्थिक, काठमाडौं । आज देशभरको मौसम सफा रहे पनि पूर्वी पहाडी जिल्लामा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्बानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिम तराईमा भने बिहानी पख लागेको कुहिरो हट्दै गएको छ ।

त्यस्तै मध्य तराईमा बिहानी पख लाग्ने पातलो हुस्सु कायमै हुनेछ । पूर्वी तराईमा पनि बिहानी पखको हुस्सु कायमै रहने छ ।
महाशाखाले जारी गरेको बुधबार र बिहिबारको मौसमको पूर्वानुमान यस्तो छ ।

मंसिर १८ गते बुधबार

दिउँसो देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर १९ गते बिहिबार

दिउँसो देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट

© 2026 All right reserved to earthik.com | Site By : Sobij