२०८३ साउन १० आइतबार

बैकर्स संघको अध्यक्षमा भुवन दाहाल

ई आर्थिक    मंगलबार, मंसिर १७ २०७६
9.5K
Shares
बैकर्स संघको अध्यक्षमा भुवन दाहाल

ई–आर्थिक, काठमाडौं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुबन दाहाल बैंकर्स संघको अध्यक्षमा चयन भएका छन्। उनी सर्बसम्मत रुपबाट चयन भएका हुन । यसअधि दाहाल दुई कार्यकाल संघका कार्य समिति सदस्य थिए। संघको उपाध्यक्षमा अनुकुल भटनागर चयन भएका छन् । उनी नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । सदस्यहरुमा नयाँ अनुहारले प्राथमिकता पाएका छन् ।

गोविन्द गुरुङ, रमेशराज अर्याल र सुमन शर्माबाहेक अरु नयाँ छन्। पहिलो पटक आएका नयाँ अनुहारहरुमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij